मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा देखियो कोरोना

प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा देखियो कोरोना


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।

दाहालको निवास खुमलटारमा निवासको सुरक्षामा रहेका ६ जना नेपाल नेपाल प्रहरीमा कोरोना पोजेटिभ देखिएको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी गराए ।

“हिजो पीसीआर टेष्ट भएको थियो । आज रिपोर्ट आयो । अध्यक्षसँगै हिँड्ने सुरक्षाकर्मीमा कोरोना देखिएन । बाहिर पोष्टमा बस्ने ६ जनामा देखियो । हेडक्वाटरसँग समन्वय गरेर उहाँहरुलाई आइसोलेसनमा पठाइएको छ,” उनले भने ।

दाहालको निवासमा रहेका सबैजनाको हिजो कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा पोजेटिभ देखिएको हो ।