मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्ण जन्माष्टमीमा पनि कृष्ण मन्दिर नखुल्ने

कृष्ण जन्माष्टमीमा पनि कृष्ण मन्दिर नखुल्ने


काठमाडौं– यस वर्षको श्रीकृष्ण जन्माष्टमीमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिर बन्द रहने भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन्।

कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगर पालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले आग्रह गरेका छन्।

यस वर्षको श्रीकृष्ण जन्माष्टमी साउन २७ गते मंगलबार परेको छ।