मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो

कोरोनाले थप ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो


काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाको कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ३ जना, सिरहा र सर्लाहीका १/१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

पर्सा जिल्ला विरगंज महानगरपालिका वडा –९ माइस्थान वस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निधन भएको हो। त्यस्तै विरगंज महानगरपालिका –११ श्रीपुर वस्ने ७९ वर्षीय पुरुषको २० गते राती घरमै निधन भएको छ।

निधनपछि साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा निजको स्वाव नमुना परिक्षण गर्दा साउन २२ गते कोरोना पुष्टी भएको हो। विरगंज महानगरपालिका –११ श्रीपुरका ५७ वर्षीय पुरुषको २२ गते विहान ९ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा दुखद निधन भएको छ। 

त्यस्तै सिरहाको गोलबजार नगरपालिका – १२ का २५ वर्षीय पुरुषकोसाउन २२ गते राती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भएको छ।

यस्तै सर्लाहीको वसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते विहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  निधन भएको छ। योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ।