मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो


काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४६४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ४६४ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म नेपालमा ४ लाख २७ हजार ५०१ जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा १० हजार २०७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ४२५ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ रहेको छ।

हाल नेपालमा ६ हजार ३३० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७० पुगेकाे छ।

मन्त्रालयले संक्रमणकाे जाेखिम झनै बढेकाे भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै भेला तथा गाेष्ठीहरु बन्द गर्न आग्रह गरेकाे छ। त्यस्ता कार्यक्रम गर्नै परे भर्चुअल रुपमा गर्न मन्त्रालयकाे आग्रह छ। – नेपालसमय