मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृगौला पिडित पत्रकार बीसीलाई प्रेस संगठन अछामको ४३ हजार बढी सहयोग

मृगौला पिडित पत्रकार बीसीलाई प्रेस संगठन अछामको ४३ हजार बढी सहयोग


कमला खत्री, अछाम – प्रेस संगठन अछामले मृृृगौला पिडित पत्रकार ध्रुब बीसीका लागि आर्थिक सहयोग सङ्कलन कार्य अघि बढाएको छ । सहयाेग रकम संकलन गर्ने निर्णय गरेकाे संगठनले शुक्रबार प्रेस संगठनमा आवद्ध सञ्चारकर्मी तथा शुभचिन्तकबाट रकम संकलन गरि पठाएको हाे ।

प्रेस संगठन अछामका सहसंयाेजक कृष्ण बहादुर बुढाकाे अध्यक्षतामा शुक्रबार बसेकाे बैठकले सङ्गठनमा आबद्ध पत्रकारहरुबाट सङकलित ४३ हजार ८ सय ५५ रुपैँया जम्मा गरि पठाएको हो ।

जसमा प्रेस संगठनअछामका संयाजक नरेन्द्र रावलले ५ हजार, सहसंयाेजक कृष्ण बहादुर बुढाले १० हजार, प्रेस संगठनका केन्द्रीय अनुशाशन आयाेग सदस्य टेकराज भण्डारीले ५ हजार, प्रदेश कमिटी सदस्य शिवराज ढुंगानाले ५ हजार ५ हजार ५ सय ५५, प्रेस संगठनका प्रदेश कमिटी सदस्य चन्द्र थापाले २ हजार २ सय, पत्रकार माहासङघ अछामका सचिब तथा प्रेश संगठनका प्रदेश सदस्य होम साउदले २ हजार, सँगठन सचिवालय सदस्य कमल रावलले २ हजार,

प्रेस संगठनका सचिवालय सदस्य महेश रिमालले २ हजार, सचिवालय सदस्य तथा रामारोशन टुडे अनलाइनका संचालक/ सम्पादक शंकर थापाले ५ हजार, प्रेस संगठनका जिल्ला कमिटी सदस्य आनन्द साउदले १ हजार, दल बहादुर साउद (असिम) ले २ हजार २ सय गरि जम्मा ४३ हजार ८ सय ५५ रुपैयाँ सङ्कलन गरि पत्रकार ध्रुब बीसीको खातामा जम्मा गरिएको प्रेस संगठन अछामका सह – संयोजक कृष्ण बहादुर बुढाले जानकारी दिए ।

प्रेस संगठनले सहयाेग रकम संकलन कार्य निरन्तर जारी राख्ने निर्णय समेत गरेको छ । सहयोग संकलनका लागि पत्रकार महासंघ, प्रेस संगठन नेपाल, प्रेस युनियन लगायत पत्रकारका संघ संगठन, शुभचिन्तक, सहयाेगीहरुलाई सहयाेग गरिदिन हुन आग्रह समेत गरिएको छ  ।