शँकर थापा, अछाम – सामुदायिक रेडियो प्रशारक सँघ अकोराब जिल्ला समन्वय समिति अछामले पत्रकार ध्रुब बिसिको स्वास्थ्य उपचारका लागि अार्थिक सँकलन सहित सहयोग गर्ने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष कमल कुमार रावलको अध्यक्षतामा बसेको बैठकले नियमित खबरकर्ममा लागि परेका सामुदायिक रेडियो मार्फत समाजका बिकृति बिसगति अन्त्यका लागि जहिले पनि अावाज उठाउने सन्चारकर्मि बिसि यतिबेला दुबै मृगौला फेल भएर अार्थिक अभाबका कारण छटपटाईरहेकाले सहयोगार्थ अार्थिक सँकलन तथा सहयोग गर्ने निर्णय गरेको हो ।
बिसिको उपचारमा सहयोगका लागि जिल्ला स्थित १० वटै सामुदायिक रेडियो तथा समन्वय समितिका सदस्यको तर्फबाट सहयोग गरिने बताईएको छ । अाजबाट नै ब्यक्तिगत तथा रेडियोबाट अार्थिक सँकलन अभियान सँन्चालन भईसकेकाले केहि दिनमै पत्रकार बिसिको खातामा रकम जम्मा गरिने जिल्ला अध्यक्ष रावलले बताउनु भयो ।
बैठकको सन्चालन सचिव तपेन्द्र धामिले गर्नु भएको थियो । यस्तै मृगौला फेल भएका पत्रकार ध्रुब बिसिको उपचारमा सहयोगार्थका लागि मालिका बिकास सँघ नेपाल अछामले अार्थिक सहयोग गरेको छ ।
कार्यसमितिका पदाधिकारी र मालिका बिकास संघ अन्तरगतका विभिन्न परियोजनाका कर्मचारीहरुबाट ४६ हजार ५ सय सँकलन गरि पत्रकार बिसिको खातामा पठाईएको छ ।
प्रतिक्रिया