मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् यस्तो छ तपाईंको राशिफल, तुला अत्युत्तम

हेर्नुहोस् यस्तो छ तपाईंको राशिफल, तुला अत्युत्तम


२०७७, साउन २६ गते सोमबार 

मेष : दिन भाग्योदयकारक रहनेछ । सन्तानको माया ममता मिल्नेछ । नयाँ कामको खोजी हुनेछ । महŒवपूर्ण काम गरिनेछ । 

वृष : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । मनमा दुविधाले जरा गाड्नेछ । आटेको काम बन्न कठिन हुनेछ । 

मिथुन : दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । नेतृत्वदायी भूमिका निर्वाह गरिनेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ ।

कर्कट : दिन सफल रहनेछ । साथीभाइसँगको व्यवहार राम्रो हुनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सद्भाव पाइनेछ । 

सिंह : दिन मध्यम रहनेछ । शरीर अस्वस्थ हुनेछ । धार्मिक क्षेत्रमा सफलता मिल्न निकै कठिन हुने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । 

कन्या : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । नियमित कामलाई नै निरन्तरता दिनु पर्नेछ । 

तुला : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रमाइलो गरिनेछ । 

वृश्चिक : दिन उत्तम रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । महŒवपूर्ण काम हात लाग्नेछ । आत्मबल बढ्नेछ । 

धनु : दिन  मध्यम रहनेछ । स्वास्थ्यमा शीर पीडा हुन सकछ । निर्णय गर्दा सावधान रहनु पर्नेछ ।  मनमा चिन्ता बढ्न सक्छ । धैर्य गर्नु पर्नेछ  । 

मकर : दिन प्रतिकूल रहनेछ । मनमा दुविधाले जरा गाड्न सक्छ । धैर्य गर्नु असाध्यै उचित हुनेछ । नराम्रो सङ्कतको प्रभाव पर्नसक्छ । 

कुम्भ : दिन अनुकूल रहनेछ । आँटेको काम सजिलै बन्नेछ । नयाँ कामको अवसर आउनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । 

मीन : दिन मध्यम रहनेछ । आर्थिक र मौखिक पक्ष कमजोर रहन सक्छ । स्वास्थ्य पनि शिथिल रहनेछ । खानपानमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।