एजेन्सी । पछिल्ला केही दशकमा विश्वभरि पृथ्वीको बढ्दो तापमानको नतिजा स्वरुप दशौँ हजार मानिसको मृत्यु भइरहेको छ ।
यस्तोमा नेस्नल ब्युरो अफ इकोनोमिक रिसर्चले हालै प्रकाशित गरेको नयाँ विश्लेषणमा यो अवस्थालाई अझैपनि नजरअन्जाद गरिए , २१ औँ शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान त्यो उच्च बिन्दुमा पुग्नेछ, जसपछि विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण प्रति १ लाख मान्छेमा ८५ को मृत्यु हुने निश्चित छ । यो तथ्याङ्क अहिले कोरोना महामारीमा मारिनेको सङ्ख्या भन्दा बढी हुन्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर सोलोमन हसिआङ भन्छन्, “हामीले यत्तिका वर्षसम्म मानव स्वास्थ्य सेवामा तिव्र सुधार ल्याउन, उल्लेखनीय कदमहरु चालेका छौँ । तर जलवायु परिवर्तनले यस क्षेत्रको सबै प्रगतिलाई पुनः पछाडि धकेलिदिनेछ ।”
त्यसैले पनि यो नयाँ रिर्सचले वातावरण सम्बन्धी वास्तविकता स्पष्ट पारि यसतर्फ ध्यान केन्द्रित गराउने प्रयास गरेको उनले बताए ।
अहिले नै पृथ्वीका धेरै क्षेत्रहरुमा जटिल तापक्रमका कारण अधिकांश मानिसहरु जीवनयापन गर्न संघर्ष गरिरहेका छन् । त्यसैले औसत तापमानमा अझ ठूलो वृद्धि हुनुले मान्छेलाई झन संवेदनशील बनाइदिने निश्चित छ । जस्तै २०१५ को ताप लहरले पाकिस्तान र भारतमा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको थियो ।
त्यसैले यही अवस्था जारी रहेमा स्वास्थ्य प्रणालीमा पनि उल्लेखनीय परिवर्तन ल्याउनुपर्ने हुन्छ भने डाक्टरहरुले तापमान र गर्मीसँग सम्बन्धित बढ्दो स्वास्थ्य समस्याहरुको सामना गर्ने तयारी गर्नुपर्ने हुन्छ । यसमा पनि विशेष रुपमा गरिब समुदाय र कम आय भएका मुलुकहरु बढी प्रभावित हुनेछन् । यसले धनी गरिब बीचको असमानतालाई पनि झन बढाइदिनेछ ।
अध्ययनका अनुसार अहिले नै नराम्ररी प्रभावित क्षेत्रहरुमा, मृत्यु दर झन उच्च बिन्दुमा पुग्नेछ । अर्कोतर्फ चिसो मौसम हुने उत्तरी युरोप लगायतका ठाउँमा भने तापमान बढ्नाले मृत्यु दर कम हुने अनुमान गरिएको छ । यसरी धनी राष्ट्रहरुले पनि मृत्यु दरमा उच्च वृद्धिको सामना गर्नुपर्ने हुन्छ तर आर्थिक रुपमा सम्पन्न भएकाले उनीहरुले तुलनात्मक रुपमा कम क्षति बेहोर्नुपर्ने हुन सक्छ । हसिअङ भन्छन्, “धनी मुलुकका नागरिकहरु पीडामा रहेर भएपनि बाँच्नेछन् तर तातो ठाउँमा बस्ने मानिसहरु अवस्य मर्नेछन् । ”
यो नयाँ रिसर्चले पहिलोपटक जलवायु परिवर्तनका प्राविधिक र नीतिगत प्रभावहरु देखाएको छ । अर्थशास्तत्री र नीति निर्माणकर्ताहरुले यसअघि पनि कार्बन उत्सर्जनको सामाजिक मूल्य निर्धारित गर्ने प्रयास गरेका थिए । जस्तै हावाहुरी, आँधीतुफान, बाढी, पहिरो, मौसमका कारण स्थानीयहरु सरुवा हुनुपर्ने लगायत अनगिन्ती चुनौतिहरुका वापद् समाजले मानवीय र आर्थिक दुवैको उच्च मूल्य चुकाउनुपर्ने निश्चित छ । यसकारण पनि यो विषयलाई अतिआवश्यक अनि गम्भीरतापूुर्वक लिन जरुरी भएको विज्ञहरु बताउँछन् । अनि मात्र विश्वले पैसा र जीवन दुवै जोगाउन सक्ने बताइएको छ । टाइम
प्रतिक्रिया