मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाद्र १ मा सुचारु हुने भनिएको आन्तरिक उडान नहुन सक्ने

भाद्र १ मा सुचारु हुने भनिएको आन्तरिक उडान नहुन सक्ने


काठमाडौं- कोरोना संक्रमणको जोखिम नघटेपछि भदौ १ गतेदेखि अन्तर जिल्ला यातायात खोल्ने मितिबारे अन्योल थपिएको छ।

साथै आन्तरिक हवाई उडान पनि भदौ १ गतेबाट सञ्चालन नहुने भएको छ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको बैठकले जोखिम कम नभएको भन्दै भदौ १ गते अन्तर जिल्ला यातायात र हवाई सेवा खोल्ने निर्णय स्थगित गर्न सरकारलाई सिफारिस गरेको छ।

सीसीएमसीले विभिन्न जिल्लामा क्वारेन्टिन तथा आइसोलेसनको संख्या बढाउने, जोखिम न्यूनिकरणका लागि अन्य उपायहरु खोज्ने लगायतका विषयमा छलफल गरेको छ।

सीसीएमसीको प्रस्तावमा सोमबार (भोलि) बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले निर्णय गर्नेछ।

पछिल्लो समय जोखिम बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहर बन्द गरेका छन्।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशैभर कोरोना संक्रमितहरुको संख्या तीव्ररुपमा वृद्धि भइरहेको छ।