मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढिगंगा नदिको बितण्डा बाजुरा देखि अछामसम्म : ठाउँठाउँमा ठुलो क्षति

बुढिगंगा नदिको बितण्डा बाजुरा देखि अछामसम्म : ठाउँठाउँमा ठुलो क्षति


अछाम — बुढिगंगा नदिले अछाम र बाजुरा जिल्लामा बितण्डा मच्चाएको छ । अबिरल बर्षासंगै नदिको बहाफ बढेपछि ठाउँ ठाउँमा पहिरो गएको छ । हिजोदखी नदिको बहाफ संगै तटिय क्षेत्र कटान गर्दा दर्जनौ बस्ती पनि बगाएको छ । मान्छेको हाताहत भएका छन दर्जनौ पशु चौपाया बगाएको छ । बिभिन्न ठाउँमा घरहरु समेत बगाएको छ भने खेतियोग्य जमिन समेत कटान गरिरहेको बिभिन्न ठाउँबाट खवर प्राप्त भएको छ ।

बाढिले साँफेबगर ४ मस्टामाण्डौमा खेतियोग्य जमिन बगाएको स्थानीय उमेश कुँवरले बताए। यस्तै बाजुरामा घर बगाउँदा मान्छे बेपत्ता भएकका छन । अत्याधिक बर्षा भइरहेको र तटिय क्षेत्रमा रहेका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह छ ।


बाजुरा देखी अछामको साफेँँ सम्मका तटिय क्षेत्रममा रहेका बस्तीका नागरिकहरुलार्ई सचेत हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । उच्च पहाडी क्षेत्रमा अत्याधिक बर्षा भइरहेका कारण बाजुराबासीहरुलाइ आवत जावत गर्न र सुरक्षित रहन आग्रह गरिएको प्र्रमुख जिल्ला अधिकारी कृष्ण गैैह्र्रेले बताएका छन ।

बिभिन्न ठाउँमा भएको बाढिग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सस्त्र प्रहरी लगायतको सुरक्षा टोेली खटीएका छन । त्यसै गरी बाजुराको मुख्य राजमार्र्ग साफेँ मार्तडी सडक खण्डपनी क्षेदबिक्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरा गएका छन । २ ओटा पुल बगाएको छ ।


हिजो रातीको बाढिले बडिमालिका नगरपालिका क्षेत्रमा रहेको साफेँ मार्तडी सडक अन्तरगत जडाङ््गाको बेलिबृज समेत बगाएको छ भने करिव दुइ हप्ता अगाडी ताप्रीसेराको पक्कीपुल समेत बगाएको थियो । अम्कोट क्षेत्रमा रहेको सडक धुजा धुजा बनाएको छ । यातायातका साधान चल्ने कुनैै ठाउँ नै छैन ।


बाजुृराको एक स्थानीय तहबाट अर्को स्स्थानीय तहमा आवत जावत गर्न समस्या भएको छ । सवारी साधान चल्न नपाउदा बाजुरा दैनिक उपभोग्य बस्तुकोे अभाव सुरु भएको छ । कालोबजारी पनी निकै बढेको छ ।

अछाम र बाजुराको सिमानामा पहिरो आवत जावत बन्द