मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांगेसको मनोनित विभागमा अछामका ६ जना परे, सबै क्षेत्र नसमेटिएको प्रति सभापति स्वाँरद्धारा दुख व्यक्त

कांगेसको मनोनित विभागमा अछामका ६ जना परे, सबै क्षेत्र नसमेटिएको प्रति सभापति स्वाँरद्धारा दुख व्यक्त


अछाम – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मनोनित गरेका पार्टीका विभिन्न १२ बिभागमा अछामबाट ६ जना मनोनित भएका छन् ।

जसमा संगठन विभाग सदस्यमा महासमिती सदस्य गणेश बहादुर विष्ट, शिक्षा विभाग सदस्यमा नृप बहादुर खडका, संघिय मामिला तथा प्रदेश समन्वय विभागमा यज्ञ प्रसाद ढकाल र अक्कल बहादुर विष्ट, स्थानिय तथा समन्वय विभाग सदस्यमा कर्ण बहादुर बूढा, निर्माण व्यवसायी समन्वय विभाग सदस्यमा भिम बहादुर साउँद मनोनित भएका हुन् ।

विभिन्न बिभागमा जिल्लाबाट प्रतिनिधत्व गरी मनोनित भएका सदस्यहरुलाई जिल्ला पार्टी सभापति भरत कुमार स्वाँरले बधाई दिएका छन् । साथै सभापति स्वाँरले मानोनित गरिएको बिभागमा दलित, महिला, जनजाती, आदिबासी, अल्पसंख्यक, तरुण लगायतका क्षेत्र नसमेटी उपेक्षा गरिएको प्रति दुख व्यक्त गरेका छन् ।

पार्टीका सबै तह र तप्काका नेताकार्यकर्ताको मुल्यांकन गरि बिभागमा मनोनित गरिनुपर्नेमा त्यसो हुन नसेकेको प्रति कांग्रेस अछामले दुख व्यक्त गरेको सभापति स्वाँरको भनाई छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु मनोनयन गरेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरुले पुरानो नियुक्ति नै खारेज गर्न माग गरिराखेका बेला सभापति देउवाले १२ वटा विभागहरुमा ४ सय ५७ जनालाई मनोनयन गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन्।