मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामको जिम्मेवारी यूवा नेता स्वारलाई

वीपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामको जिम्मेवारी यूवा नेता स्वारलाई


अछाम । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति जननायक वीपी कोईरालाको विचार, वीपीको प्रतिपादित नीति र अवधारणालाई उजागर गर्न गठन भएको वीपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामको नेतृत्व यूवा नेता दिनेश स्वाँरले पाएका छन् । नेपालको पहिलो जननिर्वाचित प्रधामन्त्री विपि कोइरालाको नाममा गठित यूवा नेतृत्व विकास मञ्च केन्द्रले स्वाँरलाई अछामको जिम्मेवारी दिएको हो ।

युवा नेता स्वारले २०६० साल देखि नै माध्यामिक तहमा पढ्दै गर्दा स्कुल ईकाई अध्यक्ष हुँदै २०६१ मा नेविसंघको जिल्ला सदस्य २०६२ देखी २०७० सम्म जिल्ला सचिब भएर पार्टी संगठनका लागि काम गरेका हुन् । युवा नेतृत्व बिकासमा बिपीको समाजबाद युवाहरु माझ गाउँ सम्म पुर्याउने उदेश्यका साथ देशभरी गठन भयको बिपी युवा नेतृत्व बिकास मञ्च अछाम जिम्मेवारी दिनेश स्वाँरलाई प्रदान गरिएको हो ।

वीपीको विचार, वीपीले प्रतिपादित गरेका नीति र अवधारणालाई उजागर गरी आम जनसमुदाय सम्म पुरयाउन नेपाली कांग्रेसले देशका विभिन्न २६ जिल्लामा वीपी कोईराला युवा नेतृत्व विकास मञ्च गठनको काम सुरु गरेको छ ।

राष्ट्रियता, समाजवाद र लोकतन्त्र आफ्नो मुलनारा राखेर अगाडी बढेको नेपाली कांग्रेसले लोकतन्त्रप्रति विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने र लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको गठन सुरु गरेको नेपाली कांग्रेसले जनाएको छ ।

महान नेता वीपीका विचारहरुलाई आजको समयमा पनि जीवन सापेक्षतामा गतिशिल ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावी पिढिको सपनासंग एकाकार गर्न अगुवाको भूमिका आजका युवाहरुले गर्नु पर्ने भन्दै देशभर आफ्नो सांगठानिक संजाल विस्तार गर्न पहिलो चरणमा २६ वटा जिल्लाहरुमा वीपी कोईराला युवा नेतृत्व विकास मञ्चको गठन गरिएको कांग्रेसले जनाएको छ ।