मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले दियो थप ५ विभागलाई पूर्णता

कांग्रेसले दियो थप ५ विभागलाई पूर्णता


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका थप ४ केन्द्रीय विभागलाई पूर्णता दिएका छन्।

आज (सोमबार) दिउँसो सभापति देउवाले उद्योग व्यापार विभाग, आदिवासी जनजाति विभाग, नेपाली जनसम्पर्क समिति समन्वय विभाग, श्रमिक तथा ट्रेड युनियन विभाग र राज्य प्रशासन विभागलाई पूर्णता दिएका हुन्।

त्यस्तै संगठन विभागको उपप्रमुखमा पनि मनोनयन गरेका छन् भने समन्वय विभाग र वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा पनि थप सदस्य मनोनित गरेका छन्।

यसअघि आइतबार पनि देउवाले विभिन्न १० वटा विभागमा उपप्रमुख, सचिव तथा सदस्यहरु मनानयन गरेका थिए।