मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१०

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१०


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ४३२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म देशका विभिन्न प्रयोगशालामा ४ लाख ५२ हजार २३६ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा १० हजार ७५९ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर १४० जना डिस्चार्ज भएका छन्। योसहित अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ।