मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै


अछाम – भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ।

विगतमा आजको दिन पाटनको कृष्ण मन्दिर लगायत देशका विभिन्न मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन्।

कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले आग्रह गरेका छन्।

देशका अन्य स्थानहरूमा पनि यो पटक सामान्य रूपमा कृष्ण जन्माष्टमी मनाइदै छ।