काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ९७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९७ लाख १८ हजार ३० पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख २८ हजार २८५ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् ।
प्रतिक्रिया