मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८


काठमाडौँ – आज (मंगलबार) देशभर ६३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४६२ जनाकाे पीसीआर परीक्षण भएकाेमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै अहिलेसम्म कोरोना संक्रमण भएका व्यक्तिको संख्या २३ हजार ९४८ पुगेको छ। यीमध्ये १६ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ७ हजार २०१ छ।

पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा ११ हजार ५८ जना छन् भने आइसोलेसनमा ७ हजार २०१ जना छन्।