मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौ १५ सम्म हवाई सेवा बन्द गर्ने मन्‍त्रिपरिषद्को निर्णय

भदौ १५ सम्म हवाई सेवा बन्द गर्ने मन्‍त्रिपरिषद्को निर्णय


काठमाडौं । सरकारले भदौ १५ गतेसम्मका लागि हवाई सेवामा प्रतिबन्ध लगाएको छ । भदौ १ देखि आन्तरिक तथा बाह्‍यतर्फ नियमित हवाई सेवा सुचारु गर्ने निर्णय यसअघि सरकारले गरे पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्मका लागि प्रतिबन्ध कायमै रहने जनाएको छ ।

भदौ १ गते खोलिने भनी यसअघि भएको निर्णय अब भदौ १६ देखि मात्रै कायम हुने मन्त्रिपरिषद् बैठकले गरेको छ ।

दैनिक पाँच सय जनालाई मात्रै विदेशबाट आउन दिइने

यस्तै हवाई सेवामा लगाइएको प्रतिबन्धको अवधिसम्म सरकारले अनुमति दिएको व्यक्तिहरूलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा तीन सय जनासम्म मात्रै नेपाल आउन दिने निर्णय गरेको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिनेमा दुई सय नेपाली नागरिकसमेत दैनिक पाँच सयजना मात्रै नेपाल आउने पाउने व्यवस्था गरेको छ । 

यस्ता उडानबाट आउने व्यक्तिहरूलाई काठमाडौं उपत्यकामै तोकिएका स्थानमा क्‍वारेन्टिनमा राख्‍ने व्यवस्था मिलाइ सङ्क्रमणमुक्त भएको यकिन भएपछि मात्र सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था गर्ने निर्णय सरकारको छ ।

यसरी आउने व्यक्तिहरूलाई आवश्यक क्‍वारेन्टिनको व्यवस्थापन काठमाडौं उपत्यकाका स्थानीय तहको समन्वयमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गर्ने निर्णय मन्त्रिपरिषद्को छ ।

यसरी आउने यात्रुको ६ देखि सात दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरटी-पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने जनाइएको छ ।