मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. पत्रकार तेजु खड्काको स्मृतीमा स्थापित अक्षय कोषमा महासचिव शिवाकोटीको सहयोग

स्व. पत्रकार तेजु खड्काको स्मृतीमा स्थापित अक्षय कोषमा महासचिव शिवाकोटीको सहयोग


डोटी – नेपाली प्रेस युनियन केन्द्रिय महासचिव तथा हाम्राकुरा अनलाइनका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले मंगलबार दस हजार एक सय ११ रुपैंया जम्मा गरेका हुन् ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । युनियनले स्व. युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए ।

उनले अक्षयकोषमा रकम जम्मा गर्ने महासचिव शिवाकोटीलाइ धन्यबाद ज्ञापन गरेका छन् । स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए ।

पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरिने प्रेस युनियन डोटीका अध्यक्ष बमले बताए । अक्षय कोषमा विभिन्न ब्यक्तीहरुको सहयोग तथा घोषणा भइ रहेको प्रेस युनियन डोटीका सचिव पवन महाराले बताए ।