मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम आउदै गरेको बस डोटीमा दुर्घटना – तीन जनाको मृत्यु, २९ घाईते

अछाम आउदै गरेको बस डोटीमा दुर्घटना – तीन जनाको मृत्यु, २९ घाईते


अछाम – धनगढी बाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना हुदा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको बताए।

श्रेष्ठका अनुसार २९ जना घाईते भएका छन् भने उनीहरुको सनाखत भने भएको छैन्। उनीहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको छ। ७ जनाको अवस्था भने गम्भीर छ।

त्रिनगर सीमानाकाबाट ३२ जना यात्रु बसमा सवार रहेको देखिएको बताउँदै श्रेष्ठले अहिले सम्म संख्या यकिन नभएको बताए।

भारतबाट फर्किएकाहरुलाई लगेर धनगढीबाट छुटेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलौटमा आज बिहान दुर्घटनामा परेको हो।

बस सडकबाट करिब ५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।