मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोनाबाट ज्यान गुमा’उनेको संख्या ८७

देशभर कोरोनाबाट ज्यान गुमा’उनेको संख्या ८७


ललितपुर- ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

साउन १८ गते मेनेन्जाइटिसको समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको मंगलबार राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा बिष्णुप्रसाद शर्माका अनुसार कोरोनाबाट ज्यान गुमाएकी ३८ वर्षिया महिला जनकपुरकी हुन् ।

उनको आइसीयूमा उपचार भइराखेको थियो । योसँगै ललितपुरमा मात्रै ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ ।

मंगलबार राति नै सप्तरीमा एक र बुटवलमा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ ।