मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटी बस दुर्घटना – मृतक र घाइतेको पहिचान खुल्यो

डोटी बस दुर्घटना – मृतक र घाइतेको पहिचान खुल्यो


डोटीको पुर्वी चौकी गाउँपालिका वडा नं १ तल्लो फुलोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धनगढी बाट अछामका लागी छुटेको कर्णाली रिर्भर यातायात को ना ६ ख २५२९ नम्बर को गाडी आज बिहान ६ बजे तिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा बान्निगडि वडा नम्बर ३ का ५९ बर्षका पदम साउद , चौरपाटी गाउँपालिका सात मार्कुका ३१ वर्षीय टिकाराम बिक र कैलाली बस्ने आछामकी ५५ वर्षकी लक्षिमा बिक रहेका छन ।

घाइतेहरु मध्येका ८ जनाको अबस्था गम्भिर रहेको बताईएको छ । घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पुर्याएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी इन्द्र मल्लले बताउनुभयो।

घाईते हुनेहरुमा जनाली पाँचका ३० वर्षिय रबि विक, ३८ वर्षकी धना साउद, ३० वर्षका भरोशा जनाला, १७ वर्षिय उमेश जनाला, २५ वर्षिय रमेश जनाला, २२ वर्षकी खिमा जनाला, २ वर्षकी सृष्टि जनाला, २१ वर्षका दिनेश शाही, २२ पार्वती नचेल, २९ वर्षका मनोज नचेल, १६ वर्षका खेमराज भोटेल, साढे पाँच वर्षका रोशन नचेल, १८ वर्षका सुरेश विक, ४० वर्षकी गौरी ढुङ्गाना, १० वर्षका प्रकाश थापा, ३९ वर्षका राम बहादुर रावल रहेका छन ।

यस्तै २१ वर्षका धिरेन्द्र नेपाली , ३१ वर्षका दिपेन्द्र शाही, १५ वर्षकी भरु जनाला, २९ वर्षका नराज विक, २२ वर्षका गणेश साउद, १५ वर्षका दिनेश शाही, १६ वर्षका अर्जुन साउद, २९ वर्षकी अस्मिता भण्डारी, १० महिनाका विजय भण्डारी, ५ वर्षकी दुर्गा भण्डारी, २३ वर्षका भरत साउद, ४५ वर्षकी कल्धरी कामी, वर्ष ३० रवि विक, २२ वर्षकी गिता कामी र २७ वर्षका हेमन्त साउद घाईते भएका छन् । प्रहरी का अनुसार बस सडकबाट सय मिटर तल खसेको बताइएको छ।

उक्त बसमा चालकसहित ३३ जना सवार रहेका थिए। बस चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इमेज खबरबाट