मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ४८४ कोरोना संक्रमित थप, ६४ जना डिस्चार्ज

देशभर ४८४ कोरोना संक्रमित थप, ६४ जना डिस्चार्ज


काठमाडौं । नोभेल कोरोना भाइरसका ४८४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८४ संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१४  रहेको छ । 

प्रदेश अनुसार प्रदेश १ मा ६१४  , प्रदेश २ मा ३ हजार ४५७ , वागमती प्रदेशमा १ हजार ५२४ , गण्डकीमा  २४७ , प्रदेश ५ मा   ६५७ , कर्णाली प्रदेशमा  २२० र सुदूरपश्‍चि प्रदेशमा   ८९४ सक्रिय संक्रमितहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर १४ हजार ८४६ जना क्‍वारेन्टिनमा रहेका छन् । 

यसअघि बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४,  शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । 

सोमबार देशभर ३३८ संक्रमित थपिएका छन् भने १४० जना डिस्चार्ज भएका छन् । मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो । देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए ।