मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि सवारी पास नदिन जिल्ला प्रशासनलाई गृहको निर्देशन

भोलिदेखि सवारी पास नदिन जिल्ला प्रशासनलाई गृहको निर्देशन


काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बन्द गर्न निर्देशन दिएको छ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि गृह मन्त्रालयले बुधबार साँझ एक पत्र जारी गर्दै जिल्ला प्रशासन कार्यालयबाट दिईँदै आएको सवारी पास बन्द गर्न निर्देशन दिएको हो।

कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भन्दै गृहले सवारी पास दिन रोक्न निर्देशन दिएको हो।

निर्देशनमा भनिएको छ, ‘मन्त्रिपरिषद्बाट विभिन्न मितिमा तथा यस मन्त्रालयबाट भएको निर्देशनसमेतको आधारमा हालसम्म त्यहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७ साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ।’