अछाम
विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता नारामा साथ बुधबार २१ औ अन्तराष्ट्रिय युवा दिवस साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरस्तरीय युवा सञ्जालले दिवसको अवसरमा कोरोना भाईरस न्यूनिकरणमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
नगर स्तरीय युवा संजालका अध्यक्ष पूजा वुढाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगर उपप्रमुख विर्मला देवि वुड्थापा रहनुभएको थियो । कार्यक्रममा वोल्दै नगर उपप्रमुख विर्मलादेवि वुड्थापाले विश्वभर महामारीका रुपमा रहेको कोरोना भाईरस न्यूनिकरण तथा सचेतताको लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताएकि थिन । ग्रामिण स्तरतमा सचेतनाका कार्यक्रम गर्नको लागि युवा अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।
अर्का प्रसंगमा वोल्दै उपप्रमुख वुड्थापाले सरकारले युवाका लागी थुप्रै कार्यक्रमहरू ल्याएको बताउदै उहाँले युवाका लागी कस्ता कार्यक्रमहरू आए त भनेर युवाहरू अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । उहाँले कपाल देखि कम्युटर तालिम, व्यावसायिक तरकारी खेती, कुखुरा पालन, बाख्रा पालन, विभिन्न स्वरोजगारमुखी सम्भावनाहरू भएको बताउँदै त्यस तर्फ लाग्न युवाहरूलाई आग्रह गर्नु भयो ।
कार्यक्रमा वोल्दै जिल्ला समन्वय समितिका सदस्य शिव तिरुवाले विश्वभर फैलिएको कोरोना भाईरस न्यूनिकरणमा यूवाको भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा वोल्दै नगरपालिकाका प्रवक्ता वालगिरी कुँवरले बरोजगार युवाहरुलाई आत्मानिर्भर बनाउन तथा बैदेशिक रोजगारीबाट फर्ककाहरुको लागि नगरपालिकाले युवा लक्षित कार्यक्रम ल्याएको बताउनुभयो ।
यस्तै सोही कार्यक्रममा वोल्दै गैससका सहसचिव ढकेन्द्र कुँवर, नागरिक समाज संजालका अध्यक्ष वलबहादुर केसी, रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुँवर, पारस्पारिक जवाफदेहिता परियोजनाका जिल्ला संयोजक गणेश तिरुवाले कोरोना भाईरस न्यूनिकरण तथा सचेतताको लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । युवा संजालका उपाध्यक्ष गोरख कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन आरटीआई सञ्जालका प्रदेश सदस्य मनिश विकले गर्नुभएको थियो ।
प्रतिक्रिया