मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा एकीकरण : सुझाव प्रतिवेदन पेश गर्न समिति गठन

राप्रपा एकीकरण : सुझाव प्रतिवेदन पेश गर्न समिति गठन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेखित विषयहरुको कार्यान्वयन र थप व्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न ६ सदस्यीय सुझाव समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको सो समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन् । २०७६ साल फागुन २४ गते एकताको १० बुँदे आधारपत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए ।