धनगढीः सुदूरपश्चिम प्रदेशमा झण्डै ४२ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लामा ४१ हजार नौँ सय ६५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ४३ हजार पाँच सय ४७ जनाको स्वाब संकलन गरिएकोमा एक हजार पाँच सय ८२ जनाको रिर्पोट आउन बाँकी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म चार हजार नौ सय ५९ जनामा कोरोना पुष्टि भएको छ।
सबैभन्दा बढि कैलालीमा सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। डोटीका सात सय ९४, अछाममा सात सय ३१, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कञ्चनपुरका पाँच सय ७८, डडेल्धुराका तीन सय १२ जना, बैतडीका तीन सय, बझाङका दुई सय ९५ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको हो।
प्रदेशमा चार हजार ५५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भएको छ। – दिनेशखबर
प्रतिक्रिया