मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली प्रचण्डबीच भेट सकियो,के भयो भेटमा ?

ओली प्रचण्डबीच भेट सकियो,के भयो भेटमा ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सकिएको छ । १० दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानी समाधानउमन्मुख रहेको बताइएको छ ।

“आजको भेटवार्ता सकिएको छ । छलफल समाधान उन्मुख छ । भोलि पनि वार्ता जारी राख्ने समझदारी बनेको छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

ओली–प्रचण्डबीच गत साउन २० गतेपछि वार्ता हुन सकेको थिएन । २१ गते साँझ ५ गते वार्ता तय भएको भए पनि त्यसदिन प्रचण्ड समूहले काठमाडौंको प्रेसिडेन्सियल कलेजमा पत्रकार भेला राखेपछि छलफल भाँडिएको थियो ।

आज जोडिएको वार्ता सकारात्मक बन्न पुगेको हो । हिजै एपी वन टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पाँचदिनभित्र निकास निकाल्ने बताएका थिए । ओली र प्रचण्डबीच केन्द्रित कुराकानीबारे विस्तृतमा नखुलाइए पनि विभिन्न विकल्पमा छललफल भइरहेको  छ ।

पछिल्लो कुराकानीमा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गर्ने र त्यसको एकल नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव गरेको बुझिएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले महाधिवेशन आयोजक कमिटी बनाएर जाने पनि एउटा विकल्प भएको बताएका छन् । – बाह्रखरी