मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५२५ जना थपिए संगै देशभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७

५२५ जना थपिए संगै देशभर कोरोना संक्रमितको संख्या २४ हजार ९५७


काठमाडौं । नोभेल कोरोना भाइरसका ५२५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२५ संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६  हजार ८३७ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ९ हजार ८५९  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ८३ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर १४ हजार ७६९ जना क्‍वारेन्टिनमा रहेका छन् । 

आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् । सोमबार देशभर ३३८ संक्रमित थपिएका छन् भने १४० जना डिस्चार्ज भएका छन् । मंगलबार भने कोरोना संक्रमितको संख्याम अधिक वृद्धि भएको थियो । 

देशभर मंगलबार ६३८ संक्रमित थपिएका थिए भने १७१ जना डिस्जार्च भएका थिए । त्यसैगरी बुधबार ४८४ कोरोना संक्रमित थपिएका हुन् भने ६४ जना डिस्चार्ज भएका हुन् । बुधबार सबैभन्दा बढी १० हजार ४७८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।