मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको उपचारका लागि इन्सेकद्धारा २० हजार सहयोग

पत्रकार बीसीको उपचारका लागि इन्सेकद्धारा २० हजार सहयोग


अछाम ।

दुवै मृगौला फेल भएर काठमाण्डौंमा उपचाररत रहेका पत्रकार ध्रुव बीसीको मृगौला प्रत्यारोपणमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २० हजार नगद रुपैयाँ सहयोग गरेको छ ।

पत्रकारिता मार्फत मानव अधिकारको रक्षामा सहयोग गरिरहेको भन्दै मृगौला प्रत्यारोपणमा सहजताका लागि इन्सेकले पत्रकार बीसीको खातामा रकम जम्मा गरेकोे इन्सेक सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख खडकराज जोशीले बताए ।

सक्रिय पत्रकारितामा रहेका बीसीको उपचारका लागि अछाम स्थित मानव अधिकार रक्षक सञ्जाल र नेपाल पत्रकार महासंघ अछामले सहयोगका लागि इन्सेकमा अनुरोध गरेको थियो ।

देशभरमा आफ्ना जिल्ला प्रतिनिधि राखेर मानव अधिकारको क्षेत्रमा काम गरिरहेको इन्सेकले पत्रकार बीसीको मृगौलाको सफल प्रयारोपण सँगै सिघ्र स्वास्थ्य लाभको कामना गरेको इन्सेक सुदूरपश्चिम कार्यालयका लेखा अधिकृत कृष्ण बहादुर विकले बताए ।

उच्च रक्त चापका कारण पत्रकार बीसीका दुवै मृगौलाले काम गर्न छोडेपछी एक महिना अघिबाट काठमाण्डौमा डाइलासिस भइरहेकोमा मृगौला प्रत्यारोपणमा २० लाख रुपिया खर्च हुने बताइएको छ ।