मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४६० जना कोरोना संक्रमित घरमै

४६० जना कोरोना संक्रमित घरमै


काठमाडौं– नेपालमा ४६० जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा छन्।

गण्डकी प्रदेशमा भने एक जना पनि होम आइसोलेसनमा नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश ५ मा १४५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिममा १०७ जना होम आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार कोभिड–१९ को उपचारका लागि नेपालमा जम्मा ९४२ आइसियु र ४९६ भेन्टिलेटर छन्।

प्रदेश १ मा आइसियुको संख्या ४३, प्रदेश २ मा ४५, बागमतीमा ६३०, गण्डकीमा १३७, प्रदेश ५ मा २९, कर्णालीमा ४० र सुदूरपश्चिममा १८ छ ।

प्रदेश १ मा भेन्टिलेटरको संख्या १९, प्रदेश २ मा १७, बागमतीमा ३६१, गण्डकीमा ५९ प्रदेश ५ मा १३ कर्णालीमा १७ र सुदूरपश्चिममा १० गरी जम्मा ४९६ छ।