मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरका एञ्जल कुवरले आफ्नो जन्मदिनमा ३ जना बिरामीलाई आर्थिक सहयोग गरे

साँफेबगरका एञ्जल कुवरले आफ्नो जन्मदिनमा ३ जना बिरामीलाई आर्थिक सहयोग गरे


अछाम -जन्मदिनको अवसरमा रेडियो साफेबगर अछामका निर्देशक तथा एन्जिला पुस्तक पसलका प्रोप्राइटर समाजसेवी कृष्ण कुवरका छोरा एन्जलले जन्मदिनको अवसरमा बिभीन्न उपचारार्थ ब्याक्तीहरुलाई आर्थिक सहयोग गरेका छन ।

एन्जलले आफ्नो जन्मदिनको अवसरमा फजुल गर्नु भन्दा आर्थिक अ’भावका कारण उपचारमा स’मस्या भोग्दै आएका बिरामीलाई थोरै भएपनी उपचारमा केही सहज होस भनेर आर्थिक सहयोग गरेको बताए । ऐन्जलले अछाम जिल्लाका आर्थिक स’मस्याले उपचारमा स’मस्या भएका बिभिन्न ३ बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।

दुबै मृगौला फे’ल भएर काठमाण्डौमा उपचार गराइरहेका रेडियो सोसाइटी एफएमका निर्देशक ध्रुव बिसी, करेन्ट लागेर ग’म्भीर घाइते भई काठमाडौंमा उपचाररथ साफेबगर नगरपालिका ३ सिद्धेश्वरका बिष्णु कुवर, एसटीएस रोगबाट ग्रसि’त भई हाल काठमाडामैै उपचारार्थ साफेबगर नगरपालिका १० घुघुरकोटका दिर्घ राज भाटलाई ५ हजार १ सयका दरले १५ हजार ३ सय रुपैया आर्थिक सहयोग गरेका हुन ।

छोरा एन्जलले नै जन्मदिनमा फजुल गर्नु भन्दा बिभीन्न सामाजीक कार्यमा खर्च गर्ने भनेपछी आफुले आर्थिक अभावका कारण उपचारमा स’मस्या भोगिरेका जिल्लाका बिभीन्न ब्याक्तीलाई आर्थिक सहयोग गरेको एन्जलका बुवा जिपी कोइराला प्रतिष्ठानका अछामका सचिव एवम रेडियो साफेबगर निर्देशक समाजसेवी कृष्ण कुवरले बताए ।