धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको छ। बिहिवार जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १६ पुगेको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत ४२, ४२ र ४४ बर्षीय प्रहरी कर्मचारीमा कोरोना देखिएको थियो। संक्रमण देखिएका प्रहरीको दर्जा भने खुलाईएको छैन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तमराज सुबेदीले सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या १६ पुगेको बताउँदै अधिकासंले कोरोना जितेको बताए।
उनले यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत एक प्रहरीमा समेत कोरोना देखिएको दिनेश खवरलाई जानकारी दिए।
प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई गरी १६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये १२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।
प्रतिक्रिया