मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ५९४ जनामा कोरोना पुष्टि

देशभर ५९४ जनामा कोरोना पुष्टि


काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकअनुसार नेपालमा कुल संक्रमितकाे संख्या २५ हजार ५५१ पुगेकाे छ।

हिजो (बिहीबार) ५२५ जनामा कोरोना पुष्टि भएको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालमा ११ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित नेपाल हालसम्म ४ लाख ९४ हजार ६१३ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार नेपालका विभिन्न क्वारेन्टिनमा हाल १४ हजार ६३८ जना रहेको छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर २४० जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना संक्रमणमुक्त भएर डस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ।

नेपालमा काेराेनाबाट हालसम्म ९९ जनाकाे मृत्यु भइसकेकाे छ। जसमध्ये ७७ जना पुरुष र २२ जना महिला छन्।