मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा पुन: एक जना कर्मचारीमा देखियो कोरोना

बयालपाटा अस्पतालमा पुन: एक जना कर्मचारीमा देखियो कोरोना


अछाम – न्याय हेल्थ नेपालद्धारा संचालति बयालपाटा अस्पतालमा एक जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

केहि दिन पहिले मात्र एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टी भएकोमा फेरी शुक्रबार प्राप्त रिपोर्ट अनुसार ३१ बर्सिय थप १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले यस अघि नै आकस्मिक बाहेका सेवा बन्द गरेको थियो । आकस्मिक बाहेकका सेवा बन्दको निर्णय कायम रहेको अस्पतालले जनाएको छ।

अर्को सुचना नआएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

साथै उनले जिल्लामा संक्रमणको जोखिम फेरी बढेको भन्दै सतर्क रहन समेत आग्रह गर्नु भएको छ।