मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवाद समाधान गर्न नेकपामा ६ सदस्यीय कार्यदल गठन

विवाद समाधान गर्न नेकपामा ६ सदस्यीय कार्यदल गठन


काठमाडौं– पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ। दुई अध्यक्षबीच विवाद समाधानका लागि कार्यदल बनाउने सहमति भएको नेकपा स्रोतले जानकारी दिएको छ।

कार्यदलमा महासचिव विष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा, भीम रावल, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन्।

उक्त कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ।

बिहीबार दुई अध्यक्षको भेटवार्तामा महासचिव विष्णु पौडेलले तीनवटा प्रस्ताव सार्वजनिक गरेका थिए।

बिहीबारकै बैठकमा नेताहरुबीच कार्यदल बनाउने सहमति भएको र शुक्रबारको बैठकमा पूर्णता पाएको स्रोतले जानकारी दियो।