मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेगा बैंकले कमायो डेढ अर्ब नाफा

मेगा बैंकले कमायो डेढ अर्ब नाफा


काठमाडौं । गत आर्थिक वर्ष ०७६(७७ मा मेगा बैंकको खुद मुनाफा घटेको छ । गण्डकी विकास बैंक गाभेको मेगा बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ५ लाख ९३ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५(७६ को भन्दा ७।१७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ९६ लाख ९० हजार खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएपनि कोभिड १९ को कारण कर्जा असुल हुन नसक्दा सम्भावित कर्जा जोखिमको लागि प्रोभिजन रकम बढाउँदा खुद मुनाफा प्रभावित बनेको हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ५७ लाख ५१ हजार खुद ब्याज आम्दनी गरेको बैंकले गत आर्थिक वर्षमा गत ४ अर्ब १७ करोड १० लाख ४८ हजार खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा सम्भावित कर्जा जोखिम वापतको व्यवस्थाका लागि ८८ करोड ८५ लाख ३६ हजार प्रोभिजन गरेको छ । अघिल्लो आथिक वर्षमा बैंकको यस्तो प्रोभिजन ४२ करोड ६६ लाख २१ हजार मात्रै रहेको थियो । यस्तै अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३३ करोड ४४ लाख ५७ हजार सञ्चालन मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब १५ करोड ६२ लाख ९४ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

गण्डकी बैंकलाई प्राप्ति गरेर असारबाट एकिकृत कारोबार सुरु गरेको बैंकले गत आर्थिक वर्षको अन्त्यमा कुल निक्षेप १ खर्ब २७ अर्ब ८९ करोड ४६ लाख १५ र कुल कर्जा लगानी १ खर्ब १० अर्ब ६० करोड ४१ लाख २८ हजार पुगेको छ । चँैथौ त्रैमासको निक्षेप तथा कर्जा लगानी गण्डकी विकास बैंकको सेमत रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७८ अर्ब ६८ करोड ४८ लाख ५९ हजार निक्षेप संकलन गरेर ६९ अर्ब ८६ करोड १३ लाख २७ हजार कर्जा लगानी गरेको थियो ।

गण्डकीलाई प्राप्ती पछि १३ अर्ब १३ करोड ८६ लाख २१ हजार चुक्ता पुँजी पुगेको बैंकको बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोड ५ लाख ९४ हजार र सेयर प्रिमीयममा २ करोड ७८ लाख ९७ हजार रहेको छ । यस्तै लगानीकर्तालाई बाँड्ने संञ्चित कोषमा १ अर्ब ११ करोड ७१ लाख ८० हजार छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ८४ लाख ६२ हजार छ भने गण्डकी विकास बैंकको १० करोड ७५ लाख १४ हजार जोड्दा १ अर्ब ११ करोड ५९ लाख ७६ हजार रहेको छ ।

बैंकको निष्क्रिय कर्जा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०।९८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा बढेर १।२० प्रतिशत पुगेको छ । यस्तै बैंकको पुँजीकोष अनुपात १२।८८ प्रतिशत, सीसीडी रेसियो ७५।३५ प्रतिशत, आधार ब्याजदर ८।३२ प्रतिशत र स्प्रेड रेट ४।३९ प्रतिशत छ । बैंकको मूल्य आम्दानी अनुपात १४।३२ गुणा, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९९ पैसा छ ।