मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय वाणिज्य बैंकले कमायो करिब साढे ४ अर्ब नाफा

राष्ट्रिय वाणिज्य बैंकले कमायो करिब साढे ४ अर्ब नाफा


काठमाडौं । गत आर्थिक वर्ष ०७६(७७ मा पुर्ण सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासमा खुद मुनाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५(७६ को भन्दा ११।७७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५ अर्ब ४ करोड ६५ लाख २० हजार खुद मुनाफा आर्जन गरेको थियो ।

नेपाल राष्ट्र बैंककले स्प्रेड रेटमा घडाई गर्दा बैंकको खुद ब्याज आम्दमनी घट्नुको साथै कर्मचारी र सञ्चालन खर्चमा वृद्धि हुँदा बैंकको नाफामा प्रभाव परेको हो । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ९४ करोड ८१ लाख १६ हजार खुद ब्याज आम्दनी गरेको बैंकले गत आर्थिक वर्षमा गत ९ अर्ब ३१ करोड ५१ लाख ५१ हजार खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ४७ करोड ४ लाख ३५ हजार सञ्चालन मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ३ करोड ३३ लाख ४९ हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको कुल निक्षेप २ खर्ब ३० अर्ब ४२ करोड ७७ लाख ११ हजार र कुल कर्जा लगानी १ खर्ब ५० अर्ब ८० करोड ८० लाख ३७ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८९ अर्ब २५ करोड ५३ लाख ३६ हजार निक्षेप संकलन गरेर १ खर्ब ४२ अर्ब २ करोड २८ लाख ७६ हजार कर्जा लगानी गरेको थियो ।

९ अर्ब ४७ लाख ६ हजार चुक्ता पुँजी पुगेको बैंकको बैंकको जगेडा कोषमा १३ अर्ब ८ करोड ८८ लाख २५ हजार रहेको छ । यस्तै सेयधनीलार्ईलाई बाँड्ने संञ्चित कोषमा २ अर्ब ३५ करोड ३४ लाख २४ हजार छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३ करोड ५८ लाख ९५ हजार छ ।

बैंकको निष्क्रिय कर्जामा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा ४।७९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा घटेर ४।०८ प्रतिशत पुगेको छ । यस्तै बैंकको पुँजीकोष अनुपात १२।६८ प्रतिशत, सीसीडी रेसियो ६२।४८ प्रतिशत, आधार ब्याजदर ५।८ प्रतिशत र स्प्रेड रेट ४।२६ प्रतिशत छ ।