मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली र मोदीबीच टेलिफोन वार्ता

ओली र मोदीबीच टेलिफोन वार्ता

सुदूर आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी (प्रधानमन्त्री नरेन्द्र मोदी)बीच टेलिफोन वार्ता भएको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर दुई प्रधानमन्त्री कुराकानी भएको र वार्ता–संवादलाई निरन्तरता दिने समझदारी भएको प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

“उहाँहरूबीच ११ मिनेट कुराकानी भयो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग अप्रिल १० तारिखमा पनि कुराकानी गर्नुभएको थियो । त्यसबारेमा पनि स्मरण गराउनुभयो । उहाँहरूबीच द्विपक्षीय चासोका विषयमा कुराकानी भयो ।”

ओली–मोदीको संवादलाई भोलिका दिनमा पनि निरन्तरता दिने र वार्ताबाटै अहिले देखापरेका समस्या समाधान गर्नेबारे कुराकानी भएको उनको भनाइ छ ।

“आजचाहिँ मूलतः भारतीय स्वतन्त्रता दिवसका सन्दर्भमा शुभकामना दिनुभएको हो । त्यो दिनेक्रममा नै अरू विषयमा पनि कुराकानी भएको छ,” उनले भने ।