मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एककाे मृत्यु

कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एककाे मृत्यु


रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृत्यु भएको छ ।

तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

फोक्सोमा समस्या देखिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

उनको प्रारम्भिक पीसीआर रिपोर्ट नेगेटिभ आए पनि पुनः गरिएको  परीक्षण रिपोर्ट भने पोजेटिभ आएको छ ।

उनी अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आर्इसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।  

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र  कोरोना विशेष अस्पतालमा २९ कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताए । रासस