मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुग्यो


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४६८ कोरोना संक्रमित थपिएका छन् । 

आज शनिबार भएको ११ हजार ४७ पीसीआर परीक्षणमा ४६८ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा १२४ जना निको भएर डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा ८ हजार १९३ सक्रिय संक्रमितको संख्या रहेको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेकाे छ ।