अछाम । जिल्लाको कमलबजार नगरपालिकाका ५० जना अपाङ्गता भएका ब्यक्तिलाई स्वास्थ्य तथा सरसफाईका सााग्री वितरण गरिएको छ ।
यबिलिस फाउण्डेसन नेपालको अार्थिक सहयोग र अपाग उत्थान समुह अछामको समन्वय तथा अायोजनामा स्वास्थ्य तथा सरसफाईका सााग्री वितरण गरिएको हो ।
कमलबजार नगरपालिका स्तरिय अपाङ्ग सन्जालका अध्यक्ष खिन्त बिकको अध्यक्षतामा भएको वितरण कार्यक्रममा सहभागिलाई मास्क, सेनिटाईजर, साबुन, तौलिया वितरण गरिएको हो ।
कमलबजार नगरपालिका वडा नम्बर ९ का सचिव विना कुमारी पौडेल प्रमुख अतिथि रहनु भएको वितरण कार्यक्रममा अपाग उत्थान समुह अछामका अध्यक्ष जग बहादुर बिक बिशिष्ट अतिथि रहनु भएको थियो ।
हालसम्म अपाङ्ग उत्थान समुह अछामले अछामा ५ स्थानिय तह मगलसेन, साफेबगर, पन्चदेवल विनायक, बान्निगढि जयगढ गाउपालिका र कमलबजार नगरपालिकामा वितरण भईसकेको छ भने तुर्माखा गाउपालिकामा केहि दिनमा वितरण गरिने बताईएको छ ।
वितरण कार्यक्रमको सहजिकरण दुर्गा कुमारी तिरुवाले गर्नु भएको थियो ।
प्रतिक्रिया