भारतीय क्रिकेट टोलीका खेलाडी सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले सन्यासको घोषणा गरेको केही समयपछि उनले पनि सन्यास लिएको घोषणा गरे।
रैनाले शनिबार सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन्। ३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए। रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी–ट्वान्टी खेलेका छन्।
प्रतिक्रिया