मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस स्वतन्त्रता विरोधी ऐन संशोधनको माग गर्दै सुदूरपश्चिमका सांसदहरु र सभामुखलाई ज्ञापन पत्र

प्रेस स्वतन्त्रता विरोधी ऐन संशोधनको माग गर्दै सुदूरपश्चिमका सांसदहरु र सभामुखलाई ज्ञापन पत्र

माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी


अछाम : सुदूरपश्चिम प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरुद्ध कानुन बनाएको भन्दै संशोधन गर्न नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितीले सांसदहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश सभाबाट पारित भएको एफएम, रेडियो र टेलिभिजन प्रशारण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पुर्ण प्रेस स्वतन्त्रता विरुद्ध रहेको ठहर गर्दै उक्त विधेयक संशोधन गर्न नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितीले सांसदहरुलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेशका क्रियाशिल पत्रकारको उपस्थितीमा प्रदेश मामिला तथा विधायन समितीका सभापती नेपालु चौधरी, प्रदेश सभामुख अर्जुन बहादुर थापा र प्रमुख प्रतिपक्षी दलका नेता डा.रण बहादुर रावल लाई उक्त विधेयक संशोधनको माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितीका अध्यक्ष अर्जुन शाहले जानकारी दिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी संसदिय दलका प्रमुख सचेतक तारा लामा तामाङ्गलाई समेत ज्ञापन पत्र बुझाईएको छ । महासंघका अनुसार नौ वटै जिल्लामा विधेयक संशोधनको माग गर्दै प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाईएको महासंघले जनाएको छ । उक्त विधेयक संशोधन नगरे कडा आन्दोलन गर्ने महासंघले जनाएको छ ।