मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ पर्व मनाईदै

सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ पर्व मनाईदै


अछाम – सुदूरपश्चिम प्रदेशका आज ‘वल्के’ पर्व मनाईदै छ। अछाम, कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा यो पर्व मनाउने गरिन्छ।

भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ। जेठो पर्वका रुपमा समेत वल्के मनाईन्छ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको छ ।