मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री बलायरद्वारा प्रेस युनियन डोटीमा आबद्ध पत्रकारको कोरोना बिमा

काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री बलायरद्वारा प्रेस युनियन डोटीमा आबद्ध पत्रकारको कोरोना बिमा


डोटी – नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री वीर बहादुर बलायरले नेपाल प्रेस युनियन डोटीशाखामा आबद्ध ९२ जना पत्रकारको कोरोना बिमा गरेका छन् ।

पूर्वमन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी मार्फत गृहजिल्ला डोटीका क्रियाशिल पत्रकार तथा प्रेस युनियनमा आबद्ध सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरेका हुन् ।

केन्द्रिय सदस्य बलायरको आर्थिक सहयोगमा ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको प्रेस युनियन डोटीका सचिव पवन महराले बताए ।

पूर्वमन्त्री बलायरले पत्रकारहरु महामारी तथा संकटको समयमा पनि जोखिमोलेर खटिने भएकाले युनियनमा आबद्ध ९२ जनाको एकमुष्ट बिमा गरेको बताए ।

उनेले राज्यले संकटमा, महामारीमा खटिने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षाका सामग्री, बिमा, स्वास्थ्य उपचार तथा अन्य सेवा सुबिधा दिनुपर्ने बताएका छन् ।

महामारीको बेला खटिने पत्रकारलाई राज्यले व्यवास्था गरेको बेला केन्द्रिय सदस्य बलायरको ९२ जना प्रेस युनियनका पदाधिकारी तथा साधारण सदस्यहरुको प्रति व्यक्ति ५० हजारको बिमा गरिएको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

अध्यक्ष बमले नेपाल युनियन डोटी शाखामा आबद्ध पत्रकार तथा सञ्चारकर्मिहरुको कोरोना बिमा गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरेका छन् ।

बिमा लागु गरिएको १५ दिन पछि पिसिआर परिक्षणमा पोजेटिभ देखिएमा कम्पनीले ५० हजार रकम भुक्तानी गर्ने लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड दिपायल शाखाका प्रमुख राजु घलेले बताए ।