मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल जारी

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल जारी


काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ ।

नेकपा सचिवालय बैठक चल्दै गर्दा देउवा बालुवाटार छिरेका थिए । अहिले तीन नेताबीच छलफल जारी रहेको स्रोतले जानकारी दियो ।

“उहाँहरूबीच छलफल जारी छ । समसामयिक विषयमा कुराकानी भएको बुझेका छौं,” स्रोतले भन्यो ।

तीन नेताबीच संवैधानिक निकायका नियुक्ति, कोरोना संक्रमण न्यूनीकरणलगायत विषयमा छलफल केन्द्रित रहेको हुनसक्ने स्रोतको दाबी छ ।