मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन

नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन


काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सुझाव कार्यदललाई अनुमोदन गरेको छ । साथै बैठकले कार्यदललाई कार्यादेशसमेत दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए । आजको बैठकमा यो कार्यदललाई पार्टी र राष्ट्रलाई सफल बनाउन अग्रसर होस् भनेर पनि दुवै अध्यक्षले शुभकामना समेत दिएका थिए । 

साथै कामको जिम्मा दिएकोमा कार्यदलले पार्टी अध्यक्षद्वयलाई धन्यवादसमेत दिएका थिए । बैठक प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । अध्यक्षद्वयले गठन गरेको कार्यदललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने बताएका थिए । सोहीअनुरुप आजको सचिवालय बैठक बसेको हो ।