काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार ५२० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म ५ लाख २९ हजार ४२७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।
हाल विभिन्न क्वारेन्टिनमा १५ हजार १९८ जना रहेका छन्। हाल सक्रिय संक्रमितको संख्या ७ हजार ३८ छ।
विगत २४ घण्टामा १६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।




















प्रतिक्रिया