अछाम – सुदूरपश्चिमको अछामबाट प्रतिनिधित्व गर्ने सांसदका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
अछाम निर्वाचन क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीका स्वकीय सचिव तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अछाम जिल्ला कमिटी सदस्य टोप बहादुर शाहीलाई सङ्क्रमणको पुष्टि भएको हो।
शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका हुन्। उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको समेत बताएका छन्।
‘हिजो साउन ३२ आएको रिपोट अनुसार पीसीआर टेस्टमा म पोजेटिभ भएको हुनाले मेरो प्रत्यक्ष सम्पर्कमा भएका सम्पूर्ण आफन्त र साथीहरूलाई होम क्वारेन्टीनमा कम्तीमा १४ दिन बस्नुहुन र कुनै स्वास्थ्य समस्या देखिएमा अथवा मेरो सम्पर्कमा आएको ६ दिनपछि कोरोना परीक्षण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।’ शाहीले फेसबुकमा लेखेका छन्।
सासंद बोगटीले पनि शाहीमा कोरोना देखिएको बताउँदै आफ्नो परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताए।




















प्रतिक्रिया